नियम ३८क
व्यवस्थापन समिति
(१) महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयको संस्थागत सुदृढीकरण गर्ने काम समेतको लागि महान्यायाभिवक्ताको कार्यालयमा देहाय बमोजिमको एक व्यवस्थापन समिति रहनेछः–
(क) महान्यायाधिवक्ता – अध्यक्ष
(ख) विभागका प्रमुखहरु – सदस्य
(ग) प्रशासन हेर्ने सहन्यायाधिवक्ता – सदस्य –सचिव
(२) व्यवस्थापन समितिको बैठक कम्तीमा महिनाको एकपटक बस्नेछ ।
(३) महान्यायाधिवक्ताको पद रिक्त भएको वा कुनै कारणले लामो समयसम्म महान्यायाधिवक्ता कार्यालयमा अनुपस्थित भएको अवस्थामा व्यवस्थापन समितिका अन्य सदस्यहरु मात्र उपस्थित भई व्यवस्थापन समितिको बैठक बस्न सक्नेछ ।
(४) व्यवस्थापन समितिले आफ्नो बैठकमा आवश्यकतानुसार कुनै विज्ञ वा कर्मचारीलाई आमन्त्रण गर्न सक्नेछ ।
(५) व्यवस्थापन समितिले बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।